काठमाडौं । सुदुरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि टिमको घोषणा गरेको छ ।
सुदुरपश्चिमले राजु रिजालको कप्तानीमा १४ जनाको टोली घोषणा गरेको हो।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।
समूह 'बी' मा रहेको सुदुरपश्चिमको पहिलो खेल भदौ २३ मा टियु मैदानमा एनआरएन टोलीविरुद्ध रहेको छ ।
सुदुरपश्चिम प्रदेशको टोली :
राजु रिजाल(कप्तान), शेर मल्ल, खडक बोहोरा,मिलन बोहोरा,नारायण जोशी,हेमन्त धामी,बसन्त कार्की,लोकेन्द्र चन्द,बसन्त खत्री,युवराज खत्री,भोजराज भट्ट,दिपक रोकाया,नरेन साउद र दिल बहादुर बोहरा
