काठमाडौं । गण्डकी प्रदेशले प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि टिमको घोषणा गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो ।
समूह ए मा रहेको गण्डकी प्रदेशको पहिलो खेल भदौ २३ मा मुलपानी मैदानमा मधेश प्रदेशविरुद्ध रहेको छ ।
गण्डकी प्रदेशको टोली :
अनिल गुरुङ,अमृत गुरुङ,अर्जुन कुमाल,दिपक डुम्रे,अभिसेक बस्नेत,समिर कन्डेल,ईश्वर क्षेत्री,सन्दीप क्षेत्री,समिर शाही,कमल परियार,विपिन क्षेत्री,सुवास भण्डारी,अशोक श्रेष्ठ र चन्द्र कान्त पौडेल