काठमाडौं । एसिया कप क्रिकेटको सुपर चार अन्तर्गत भारतले पाकिस्तानलाई जितका लागि १ सय ८२ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो ।
भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।
दीपक होडा १६ तथा ऋषव पन्त १४ रनमा आउट हुँदा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पान्डय सुन्य रनमा आउट भए ।
रबी बोस्नोई ८ रनमा अविजित रहदा भुवनेश्वर कुमार सुन्य रनमा अविजित रहे ।

पाकिस्तानका शादब खानले २ विकेट लिए । निसम शाह, मोहमद हसनेन, हरिस राउफ र मोहमद नवाजले १/१ विकेट लिए ।
आज सात पटकको च्याम्पियन भारत पार्दै सुपर चारको यात्रालाई सुखद बनाउन चाहन्छ । यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ सुपर चारको यात्रा सुरुआत गर्न चाहन्छ ।
भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ ।
पछिल्लो पटक यसै एसिया कपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।