काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटको खेलहरु काठमाडौंमा भदौमै आयोजना हुने भएको छ ।
नवौं राष्ट्रिय खेलकुदको प्रचार प्रसार उपसमितिले आइतबार एक विज्ञप्ति निकाल्दै नवौंको पुरुष क्रिकेट खेल भदौ २३ देखि ३१ गतेसम्म आयोजना हुने जनाएको छ । प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।
गण्डकीमा आयोजना हुने नवौं खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने तालिका रहेको छ ।
तर, क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ क्यानबाट भएको आग्रह र प्रस्ताव गरेको मिति र स्थान सम्वन्धमा सहभागि ११ वटै टिमलाई पत्राचार गरिएको र सहभागि सबै टिमबाट समेत सहमती प्राप्त भए पश्चात मिति र खेल स्थल परिवर्तन गरिएको उपसमितिले जनाएको छ ।
उपसमितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र ११ वटै टिमको सहभागिता रहने जनाएको छ ।
उपसमितिले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरेको छ ।
खेल तालिका -
