काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैरआवसीय नेपाली संघ (एनआरएनए) ले क्रिकेट टिमको घोषणा गरेको छ ।
गैरआवसीय नेपाली संघ खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गर्दै नवौंका लागि क्रिकेट टिमको घोषणा गरेको हो ।
एनआरएनले सुनम गौतमको कप्तानीमा टिम घोषणा गरेको हो ।

यस्तै टिममा मनोज गुरुङ, किरण राना, ज्योति भण्डारी, पृथु बास्कोटा, नविन प्रधान, दिवस गिरि, दिनेश खरेल, रशिम कँडेल, सन्दीप अधिकारी, बासु गिरि,सुनिल श्रेष्ठ,दिपेन श्रेष्ठ,दिपक क्षेत्री,आशिस पोखरेल,गम बहादुर गुरुङ र सागर पुन रहेका छन् ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
पुरुष क्रिकेट भने भदौ २३ बाट संचालन हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल टी-ट्वान्टी लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।


