काठमाडौं । ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि टिमको घोषणा गरेको छ ।
बागमतीले सुवास खकुरेललाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ ।
पुरुष क्रिकेट भने भदौ २३ बाट संचालन हुँदैछ । नवौं राष्ट्रिय खेलकुद र नेपाल टी-ट्वान्टी लिग एकै समयमा रहेकोले पुरुष क्रिकेट पहिले नै हुने भएको छ ।
बागमती प्रदेशको टोली -
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (उपकप्तान), रित गौतम, इशान पाण्डे, शुभ कंसाकार, विपिन आचार्य,नन्दन यादव, प्रनित जिसी,रामनरेश गिरी,सुवास खत्री,सुर्य तामाङ,तिलक राज भण्डारी,दिपेश श्रेष्ठ र सुमन सुनुवार
