बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सबै स्वर्णधारीलाई मासिक भत्ताको प्रस्ताव तयार गर्न निर्देशन

आइतबार, भदौ १९, २०७९खेलपाटी संवाददाता
सबै स्वर्णधारीलाई मासिक भत्ताको प्रस्ताव तयार गर्न निर्देशन
Classic Tech Internet Ad

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशबाट स्वर्णपदक जित्ने सबै खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने गरि लागत प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् । 

शनिबार साँझ भएको छलफलमा मन्त्री ढकालले सबै खेलका स्वर्णधारी खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने गरि लागत प्रस्ताव तयार गर्न प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिवलाई निर्देशन दिएका हुन् । 

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको प्राथमिकतामा परेका ९ खेलका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । 

खेलकुद नियमावलीमै व्यवस्था गरेर प्रदेश सरकारले तेक्वान्दो, एथलेटिक्स, कराँते, ब्याडमिन्टन, फुटबल, बक्सिङ, क्रिकेट, भलिबल र पौडीमा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

प्रदेश सरकारले ९ खेललाई प्रदेशको प्राथमिकताको खेलमा वर्गिकरण गरेको छ । सोही अनुसार ९ वटा खेलमा लगानी गरेर नतिजा निकाल्ने प्रदेश खेलकुद विकास परिषद् बागमतीको योजना छ । सोही अनुसार नवौं राष्ट्रिय खेलकुदमा प्रदेशको प्राथमिकतामा परेका ९ खेलका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने सरकारको घोषणा गरेको हो । 

प्रदेशको प्राथमिकतामा परेका खेलका स्वर्ण पदक विजेता खेलाडीलाई मात्र मासिक भत्ता उपलब्ध गराउने निर्णय सकारात्मक भएपनि अन्य खेलका खेलाडीले गुनासो गर्दै आएका थिए । स्वर्ण पदकका लागि आफुहरुको समेत समान लगानी र योगदान हुने भन्दै सबै खेलका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । 

खेलाडीको गुनासो र सम्बद्ध खेलको सुझावपछि प्रदेश सरकारले सबै खेलका स्वर्ण पदक विजेता खेलाडीलाई भत्ता उपलब्ध गराउने दिशामा अघि बढेको हो । सोही अनुसार प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकालले अनुमानित लागत तयार गरेर प्रस्ताव अघि बढाउन सदस्य सचिवलाई सुर्यलाल भण्डारीलाई निर्देशन दिएका छन् । 

‘दोहोरो सुविधा नहुने गरि प्रदेशका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिने नविनतम योजना प्रदेशले अघि सारेको हो । सबै खेलका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउँदा समेत प्रदेश सरकारलाई धेरै आर्थिक भार नपर्ने देखिन्छ । खेलाडीमा लगानी गर्ने कुरामा प्रदेश सरकार स्पष्ट छ ।’ प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले भने, ‘मन्त्रीको निर्देशन अनुसार लागत प्रस्ताव तयार गर्ने काम अघि बढेको छ । अब सबै खेलका स्वर्ण पदक खेलाडीलाई मासिक भत्ता दिने योजना बन्छ ।’ 

सदस्य सचिव भण्डारीका अनुसार मन्त्रीको निर्देशनसँगै लागत अनुमान गरि प्रस्ताव तयार गर्ने काम अघि बढेको छ । प्रस्तावलाई प्रदेशको मन्त्रीपरिषद्बाट पारित गरेर घोषणा गर्ने प्रदेश सरकारको तयारी छ । 

नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले प्रथम स्थान हासिल गर्ने लक्ष्य सहित तयारी अघि बढाएको छ । बागमती प्रदेशले नवौंमा सहभागी सबै ३६ वटै खेलमा प्रतिस्पर्धा गर्ने र सोही अनुसार खेलाडी छनोटको कामलाई तिव्रता दिएको छ । प्रदेशका विभिन्न जिल्लामा अहिले प्रदेश छनोटको काम अघि बढेको छ । 

Bajaj Pulsar Motorcycle Ad
#रत्न ढकाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि