काठमाडौं । श्रीलंकाले एसिया कपको सुपर चारको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।
सारजाहमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।
अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
उसका कुशल मेन्डिसले ३६ तथा पाथुम निशंकाले ३५ रन बनाए । दनुश्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए । वानिन्दु हसरंगा डा सिल्भाले अविजित १६ रन तथा कप्तान दासुन शनकाले १० रन बनाए।
अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान २/२ तथा मोहम्मद नाबी र रशिद खानले समान १/१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो ।
अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे ।
इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए । हर्जतुल्लाह जाजईले १३ तथा रशिद खानले ९ रन बनाए ।
श्रीलंकाका लागि दिल्शन मधुशनकाले २ तथा असिथा फर्नान्डो,महेश थिक्सनाले समान १/१ विकेट लिए ।
यस जितसॅंगै श्रीलंका शीर्ष स्थानमा रहेको छ। आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।