काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजको दोस्रो खेलमा पहिले बलिङ गर्ने भएको छ।
जमैकाले आफ्नो दोस्रो खेलमा टस जितेर बलिङ रोजे पछि गुएना अमेजन वारियर्सले पहिले ब्याटिङ गदैछ । सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने यस खेलमा सन्दीप प्लेईङ-११ मा रहेका छैनन् ।
तालाबाज र वारियर्सबिचको पछिल्लो पाँच खेलमा ४ खेलमा वारियर्स तथा १ खेलमा जमैका विजयी भएका छन्।
जमैकाले पहिलो खेलमा सेन्ट किट्सलाई ४७ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहेने छ ।
१० औं संस्करणको सीपीएलको फाईनल भने सेप्टेम्बर ३० मा रहेको छ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।