बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

किरणसहित ४ खेलाडी र पदाधिकारी सम्मानित

शनिबार, भदौ १८, २०७९खेलपाटी संवाददाता
किरणसहित ४ खेलाडी र पदाधिकारी सम्मानित
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ ।

सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन तथा जुनियरको पुरुषमा एथलेटिक्सका सन्दिप थारु र महिलामा टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

प्रशासन र प्राविधकितर्फ ६ कर्मचारी पुरस्कृत भए । सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा डिल्लीराम काफ्ले र प्राविधिकमा उसुका प्रकाश महर्जन, उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा दीपा बास्तोला र प्राविधिकमा भारोत्तोलनका जीवन गौतम तथा परिषद् सेवा पुरस्कारको प्रशासनमा अर्जुनबहादुर कार्की र प्राविधिकमा जिम्न्याष्टिककी सजनी मानन्धर पुरस्कृत भए । राखेपमा करार सेवामा कार्यरत कर्मचारीतर्फ केशव खरेल सम्मानित भए ।

खेल पत्रकारमा द हिमालयन टाइम्सका महेश आचार्य र राससकी मुनाकुमारी कार्की सम्मानित भए । उनीहरुलाई  नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो ।

उत्कृष्ट स्थानिय तहमा भरतपुर महानगरपालिका, उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल ट्रायथलन संघ र उत्कृष्ट खेल सामाग्री उत्पादकमा कामारु ट्रेडिङ प्रा.लि. सम्मानित भए । सो अवसरमा राखेपमा २५ वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदक प्रदान गरिएको थियो ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाली सेनाका उपरथी सिताराम खड्कालगायतले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सीमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीले हासिल गरेको उपलब्धी प्रशंसानीय रहेको बताउदै खेलकुदको पूर्वाधार र खेलाडीको सुविधा बृद्धि गर्ने कुरामा सरकार प्रयत्नशील रहेको बताए ।

खेलकुद मन्त्री गहतराजले प्राथमिक तहदेखि नै खेलकुदलाई शिक्षामा समावेश गर्नु पर्नेमा जोड दिदै अब आउने नियमावलीमा खेलाडीको पुरस्कारलाई कानूनी रुपमै व्यवस्था गरिएको जानकारी दिए । मन्त्री गहतराजले खेलकुदलाई उद्योगका रुपमा विकास गर्नु पर्ने, पर्यटनसंग जोड्नु पर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने माध्यमका रुपमा विकसित गर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष कोइरालाले खेलकुदलाई आर्थिक उपार्जनको माध्यम पनि बनाउनु पर्ने आवश्यकता औल्याए । सदस्य–सचिव घिसिङले उमेरसमूह र सिनियर खेलाडीको प्रतियोगिताका लागि तालिका बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताउदै नवौं राष्ट्रिय खेलकुदको तयारी बारे जानकारी गराएका थिए । उनले एसियाली खेलकुदमा स्वर्णको खडेरी तोड्ने गरी तयारी अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउदै दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुदको तयारीमा जुट्नु पर्ने आवश्कता औल्याए ।

Bajaj Pulsar Motorcycle Ad
किरणसहित ४ खेलाडी र पदाधिकारी सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि