काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वर्तमान महासचिव किरण राईको नाम संघीय सांसदका लागि सिफारिसमा परेको छ ।
एन्फाका पूर्व अध्यक्ष शेर्पा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा समानुपातिकतर्फको उम्मेदवारको रुपमा र महासचिव राई माओवादी केन्द्र उदयपुर संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रत्यक्ष निर्वाचनको उम्मेदवारको रुपमा सिफारिसमा परेका हुन् ।
समानुपातिकमा सिफारिस शेर्पासँगै अनार बस्नेत, याङकिला शेर्पा, रोहित पौडेल र डा आरती कार्कीको नाम सिफारिस छ ।
उदयपुरबाट प्रत्यक्षतर्फ सिफारिसमा परेका किरण राईसँगै मिनबहादुर ज्यु ठकुरीको नाम सिफारिस गरिएको छ ।
संघीय संसद र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गते घोषणा गरिएको छ । सम्बन्धित दलको निर्वाचन क्षेत्र कमिटिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रबाट नामहरु सिफारिस गरिरहेका छन् ।
यस वर्षको आम निर्वाचनमा खेलकुद क्षेत्रबाट धेरै जना प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार बन्ने भएका छन् ।