काठमाडौं । नेपालले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई जितका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे।
यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।
ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए ।
करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहे ।
केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २/२ विकेट लिए ।
आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ ।
नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।