काठमाडौं । घरेलु टोली केन्याविरुद्धको दोस्रो एकदिवसीयमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्नेछ ।
केन्याविरुद्धको दोस्रो खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आराम दिईएको छ । उनको स्थानमा देव खनालले सुरुआती-११ मा स्थान बनाएका छन् ।

आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ ।
नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।
नेपालको प्लेईङ-११
अर्जुन साउद,देव खनाल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी,पवन सरार्फ,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम