काठमाडौं । घरेलु टोली अष्ट्रेलियासँगको तेस्रो एकदिवसीयमा पाहुना टोली जिम्बावेले जित निकालेको छ ।
टाउन्सभिल्लीमा शनिबार भएको खेलमा जिम्बावेले अष्ट्रेलियालाई ३ विकेटले पराजित गरेको हो ।
अन्तिम खेलमा हार व्यहोरेपनि घरेलु टोलीले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ ।
अष्ट्रेलियाले दिएको १ सय ४२ रनको लक्ष्य ३९ ओभर ७ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि कप्तान रेगिस चाकाब्भाले ३७ तथा मारुमनीले ३५ रन बनाए । काइटानोले २९ रन तथा टोनी मुन्योङ्गाले १७ रन बनाए ।
रायन बर्लले ११ तथा सिकन्दर राजाले ८ रन बनाए ।
अष्ट्रेलियाका लागि जोस हेजलउडले ३ तथा मिचेल स्टार्क,एस्टन अगर,क्यामरोन ग्रिन,मार्कस स्टाईनसले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३१ ओभरमा अलआउट हुँदै १ सय ४१ रन जोडेको थियो ।
उसका डेभिड वार्नरले ९४ रनको अर्धशतकीय इनिङ खेले । ग्लेन म्याक्सवेलले १९ रन बनाउनु बाहेक उसका ९ जना ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाहुना टोलीका लागि रायन वर्लले ५ तथा ब्राड ईभन्सले २ विकेट लिए । रिचार्ड नगर्भा,भिक्टोर न्याउछी र सेन विलियम्सले समान १/१ विकेट लिए ।