काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजको दोस्रो खेल आज रहेको छ।
सेन्ट किट्सस्थित ओन्डर पार्कमा हुने खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा रहेको छ । जमैकाले आफ्नो दोस्रो खेलमा गुएना अमेजन वारियर्ससँग खेल्नेछ।
गुएनाविरुद्ध सन्दीपले खेल्ने सम्भावना रहेको छ । केन्यासँगको टी-ट्वान्टी सिरिजपनि उनी जमैकाको टोलीमा सामेल भएका हुन्।
तालाबाज र वारियर्सबिचको पछिल्लो पाँच खेलमा ४ खेलमा वारियर्स तथा १ खेलमा जमैका विजयी भएका छन्।
जमैकाले पहिलो खेलमा सेन्ट किट्सलाई ४७ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजका टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट टिमका उपकप्तान रोभम्यान पावेलको कप्तानी यस टोलीमा रहेने छ ।
१० औं संस्करणको सीपीएलको फाईनल भने सेप्टेम्बर ३० मा रहेको छ ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो ।