काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा आज शनिबारबाट सुपर चारका खेलहरु सुरु हुँदैछ ।
शनिबार हुने सुपर चारको पहिलो खेलमा समूह 'बी' का विजेता अफगानिस्तान र उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
सारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।
समूह चरणमा भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफतानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् ।
सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।