काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज शनिबार घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । त्यसैले नेपाललाई जित निकाल्न त्यहि सहज छैन ।
नेपालले आजको खेलमा पनि पहिलो एकदिवसीय खेलको प्लेईङ-११ लाई निरन्तरता दिने सम्भावना रहेको छ ।
आजको खेलमा नेपालको प्लेईङ-११ यसप्रकारको रहने सम्भावना रहेको छ ।
नेपालको ओपनरका रुपमा अर्जुन साउद र आसिफ शेख रहने सम्भावना रहेको छ ।
तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।
पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा पवन सर्राफको सम्भावना रहेको छ ।
सातौं स्थानमा मोहम्मद आदिल आलम तथा आठौं स्थानमा करण केसीको सम्भावना रहेको छ ।
नवौं स्थानमा सोमपाल कामी तथा दशौं स्थानमा वसिर अहमदको सम्भावना रहेको छ । अन्तिम स्थानमा साहब आलम रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
अर्जुन साउद(विकेट किपर),आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,पवन सर्राफ,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम