काठमाडौं । पाकिस्तान युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।
सारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।
पाकिस्तानले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो ।
पाकिस्तानी बलरसामु हङकङका कुनैपनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाए । किन्चित शाहले ६ रन जोड्दा स्कटले ४ रन जोडे ।
पाकिस्तानका लागि शादब खानले ४ विकेट लिए । मोहमद नवाजले ३ विकेट लिंदा नासिम शाहले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १ सय ९३ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय इनिङ खेले । रिजवानले अविजित ७८ तथा जमामले ५३ रन बनाए ।
खुल्सदिन शाहले अविजित ३५ तथा कप्तान बाबर अजामले ९ रन बनाए ।
हङकङका लागि इशान खानले २ विकेट लिए ।

यस जितसँगै समूह 'ए' बाट पाकिस्तानले सुपर चारमा स्थान बनाएको हो ।
यस समूहबाट भारतले यस अघि नै सुपर चारमा स्थान बनाईसकेको छ । यस समूहमा भारत २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।
पाकिस्तानले २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
अंक विहीन हङकङ भने बाहिरिएको छ ।