काठमाडौं । इंग्ल्यान्डका ब्याटर जोनी बेयस्ट्रोले अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप गुमाउने भएका छन् ।
चोटको करण बेयस्ट्रोले विश्वकप गुमाउने भएका हुन् । गल्फ खेल्ने क्रममा उनी घाईते भएको बताईएको छ । उनले इंग्ल्यान्डको घरेलु प्रतियोगिताहरु पनि गुमाउने भएका छन् ।
इंग्ल्यान्डले जस बटलरको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको थियो ।
जसमा बेयस्ट्रो अटाएका थिए ।
तर, विस्फोटक ओपनर जासन रोयलाई भने टोलीमा समावेश गरिएको छैन ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
इंग्ल्यान्ड अघिल्लो संस्करणमा न्युजिल्याण्डसँग ५ विकेटले पराजित हुदै सेमिफाईनलबाट बाहिरिएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।