काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा शतक पूरा गरेका छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आसिफले १ सय १० बलमा १ सय ४ रन जोड्दै शतक पूरा गरेका हुन् ।
शतक बनाउने क्रममा उनले ११ चौका र २ छक्का प्रहार गरे ।
केन्याले दिएको २ सय १९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।