काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान अर्जुन साउदले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा अर्जुनले ७६ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।
यस अघि अर्का ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए ।
केन्याले दिएको २ सय १९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।