काठमाडौं । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आसिफले ५८ बलमा ५१ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । उनले अर्धशतक बनाउने क्रममा ७ चौका प्रहार गरे ।
केन्याले दिएको २ सय १९ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।