काठमाडौं । इंग्ल्यान्डले अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको छ।
इंग्ल्यान्डले जस बटलरको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
विस्फोटक ओपनर जासन रोयलाई भने टोलीमा समावेश गरिएको छैन ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
इंग्ल्यान्ड अघिल्लो संस्करणमा न्युजिल्याण्डसँग ५ विकेटले पराजित हुदै सेमिफाईनलबाट बाहिरिएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
