काठमाडौ । केन्यासँगको पहिलो एकदिवसीय खेलमा नेपालले मध्यम बलिङको सुरुआत गरेको छ ।
टस हारेर पहिले बलिङ गरिरहेको नेपालले ३० ओभरको समाप्तिसम्म ४ विकेट लिएको छ । केन्याले १ सय २० रन बनाएको छ ।
नेपालका सोमपाल कामीले पहिलो विकेट लिएका थिए । ओपनरका रुपमा क्रिजमा रहेका सुखदेब सिंहलाई कामीले पहिलो ओभरको पाँचौ बलमा नै आउट गराएका थिए । सुखदेव ६ रनमा सोमपालको बलमा उनैद्वारा क्याच आउट भएका थिए ।
दोस्रो विकेटका रुपमा एलेक्स ओबान्डा टिमको स्कोर ११ रन हुदा आउट भए । ओबान्डा करण केसीको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच आउट भए । उनको व्यक्तिगत स्कोर शुन्य रहेको थियो ।
केन्याको तेस्रो विकेटका रुपमा नेल्शन ओढीयाम्बो टिमको स्कोर ३३ रन हुँदा व्यक्तिगत २ रनमा आउट भए । ओढीयाम्बोलाई सोमपाल कामीले पेभिलियन फर्काए ।
चौथो सफलताको रुपमा नेपालका लागि घातक बन्न सक्ने इफ्रान करिमलाई व्यक्तिगत ३१ रनमा आउट भए । करिमलाई पवन सर्राफले बोल्ड आउट गरेका हुन् । क्रिजमा अहिले राकिप पटेल ३१ र कोलिस ओबाया ३५ रनका साथ रहेका छन् । पाँचौ विकेटका लागि उनीहरुबीचमा ७१ रनको साझेदारी भईसकेको छ ।