काठमाडौं । केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । नेपाल एकदिवसीय सिरिज समेत आफ्नो बनाउन चाहन्छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।
यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । टी-ट्वान्टीमा उत्कृष्ट प्रदर्शन गरेको केन्याविरुद्ध नेपाललाई सहज भने हुने छैन ।
केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नियमित टोलीका कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा उपकप्तान रहेका पौडेलले नेपालको कप्तानी गर्ने भएका हुन् ।
सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगिसकेका छन् ।
नेपालले घरेलु टोलीसँगको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।
नेपालको प्लेईङ-११
अर्जुन साउद,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,पवन सरार्फ,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम