काठमाडौं । नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेल आज शुक्रबार खेल्दै छ ।
नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह १२:४५ बजे हुनेछ ।
नेपाली टोलीका नियमित कप्तान सन्दीप लामिछाने टिममा नरहेकाले उपकप्तान रोहितकुमार पौडेलले टोलीको कप्तानी गर्ने छन् ।
रोहितले यू-१९ को राष्ट्रिय टोलीमा कप्तानी गरेका भए पनि सिनियर टिममा भने पहिलो पटक हो ।
मनोज प्रभाकरको प्रशिक्षणमा नेपाली टोली यो पहिलो एकदिवसीय खेल हो । उनको प्रशिक्षणमा नेपालले केन्याविरुद्धको टी-ट्वान्टी सिरिज ३-२ ले जितेको थियो ।
३ खेलको एकदिवसीय खेलको सिरिजको यो पहिलो खेल भएकोले नेपाल सिरिजको उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।
यसका लागि नेपालले बलियो प्लेईङ-११ बनाउने छ ।
नेपालको ओपनरका रुपमा अर्जुन साउद र ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ ।
तेस्रो नम्बरमा देव खनाल तथा चौथो स्थानमा कप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ ।
पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरीको सम्भावना रहँदा छैटौं नम्बरमा आरिफ शेखको सम्भावना रहेको छ ।
सातौं स्थानमा मोहम्मद आदिल आलम तथा आठौं स्थानमा करण केसीको सम्भावना रहेको छ ।
नवौ स्थानमा सोमपाल कामी तथा दशौं स्थानमा वसिर अहमदको सम्भावना रहेको छ । अन्तिम स्थानमा साहब आलम रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
अर्जुन साउद(विकेट किपर),ज्ञानेन्द्र मल्ल,देव खनाल,रोहित कुमार पौडेल(कप्तान),दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,मोहम्मद आदिल आलम,करण केसी,सोमपाल कामी,वसिर अहमद र साहब आलम