काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेलको ब्याटिङतर्फको वरीयता सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार भएको हो ।
नयाँ वरीयतामा कुशल ४८ औं स्थानमा उक्लिएका छन् ।
अलराउण्डरतर्फ दीपेन्द्र सिंह ऐरी ९ औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ दीपेन्द्र ५३ औं स्थानमा यथावत रहेका छन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ५६ औं स्थानमा यथावत रहेका छन् ।