काठमाडौं । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी प्रदर्शनीका लागि भक्तपुर दरबार स्क्वायरमा राखिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीका लागि राखेको हो ।
प्रदर्शनीमा राखिनु अघि ट्रफी दरबार क्षेत्र घुमाईएको थियो ।
प्रदर्शनीको क्रममा विभिन्न स्कुलका विद्यार्थी, स्थानीय र पर्यटकले ट्रफीसँग तस्बिर खिचाएका थिए ।
अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आईपुगेको थियो ।
क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याईएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो ।
टी-ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो ।
विश्वकपको १०० दिने ट्रफी टुर अन्तर्गत ट्रफी नेपाल ल्याईएको हो । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ ।
विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो ।
अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।