काठमाडौं । नेपालको टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटको वरीयता घटेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा झरेको छ ।
अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।
सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।
एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ।
टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ ।
यस्तै दक्षिण अफ्रीका चौंथो, न्युजिल्याण्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं,श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।