काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पाहुना टोली जिम्बावेविरुद्धको दोस्रो एकदिवसीयमा जित निकालेको छ ।
टाउन्सभिल्लीमा बुधबार भएको खेलमा अष्ट्रेलियाले जिम्बावेलाई ८ विकेटले पराजित गरेको हो ।
यस जितसँगै अष्ट्रेलियाले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । आईसीसी विश्वकप सुपर लिग अन्तर्गत सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता समेत बनाएको छ ।
जिम्बावेले दिएको ९७ रनको लक्ष्य अष्ट्रेलियाले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाका लागि स्टिभ स्मिथले अविजित रहदै ४७ रन जोडे । एलेक्स केरी २६ रनमा अविजित रहदा डेभिड वार्नरले १३ रन बनाए ।
जिम्बावेका रिचार्ड एनगाराभाले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले २७ ओभर ५ बलमा अलआउट हुँदै ९६ रन जोडेको थियो ।
विलियम्सले २९ तथा सिकन्दर राजाले १७ रन जोडे । रेगिस चाकबभा, टोनी र रायन ब्रुलले समान १० रन जोडे ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जाम्पाले ३/३ तथा क्यामरुन ग्रीनले २ विकेट लिए ।