काठमाडौं । अफगानिस्तानले युएईमा जारी एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
सारजाहमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले लगातार दोस्रो जित निकालेको हो ।
यस जितसँगै अफगानिस्तानले सुपर ४ मा स्थान बनाएको छ। पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रानले अविजित रहदै ४३ तथा इब्राहिम जाड्रानले अविजित ४२ रन बनाए । हाज्रातुल्लाह जाजईले २३ र कप्तान मोहम्मद नाबीले ८ रन बनाए।
बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
बंगलादेशका मोसाडिक होसेनले अविजित ४८ रन बनाए । महमुदुल्लाहले २५ तथा मेहेदी हसनले १४ रन बनाए ।
अफगानिस्तानका मुजिब उर् रहमान र राशिद खानले ३/३ विकेट लिए ।
यस जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेको छ ।
अफगानिस्तान शीर्ष स्थानमा रहेको छ ।
