काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले ब्याटिङ रोजेपछि केन्याले सुरुआतमा फिल्डिङ गर्ने भएको हो ।
नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। आरिफ शेख र शाहब आलमको स्थानमा विवेक यादव र वसिर अहमदले मौका पाएका छन् ।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २-२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।
आज नेपाल सिरिज कब्जा गर्ने योजनासहित मैदान उत्रदैछ । यस खेल जितेमा नेपालले सिरिज आफ्नो बनाउनेछ ।
यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ ।
टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ ।
नेपालको प्लेईङ-११ :
अर्जुन साउद (विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,विवेक यादव,आदिल आलम,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने(कप्तान) र वसिर अहमद