काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
पाँच खेलको सिरिज अन्तर्गतको यस खेल सिरिजको निर्णायक खेल हो। किनकि ४ खेल सकिदा सिरिज २/२ को बराबरीको अवस्थामा रहेको छ । यस खेल जित्नेले सिरिज जित्नेछ ।
घरेलु टोलीविरुद्धको अन्तिम खेलमा मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यता, घरेलु टोली पनि नेपाललाई हराएर सिरिज घरमै राख्न चाहन्छ ।
सोमबार भएको चौंथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएर केन्याले सिरिज जित्ने सम्भावना कायम राखेको हो ।
सिरिज आफ्नो बनाउन जित्नैपर्ने दबाबको कारण नेपालले यस खेलमा बलियो प्लेईङ-११ मैदान उतार्ने छ ।
नेपालले चौथो खेलको प्लेईङ-११ मा एक परिवर्तनको सम्भावना रहेको छ । साहब आलमको स्थानमा ब्याटर आसिफ शेखले टोलीमा स्थान बनाउने सम्भावना रहेको छ ।
नेपालका लागि आसिफ शेख तथा अर्जुन साउदले ओपनिङ गर्ने सम्भावना रहेको छ । तेस्रो स्थानमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहँदा चौथो स्थानमा भने उपकप्तान रोहित पौडेल रहने सम्भावना रहेको छ । पाँचौं नम्बरमा दीपेन्द्र सिंह ऐरी तथा छैठौं स्थानमा आरिफ शेख रहने सम्भावना रहेको छ ।
सातौं स्थानमा आदिल आलम रहने सम्भावना रहेको छ । आठौं स्थानमा पवन सरार्फ मौका पाउदा नवौं नम्बरमा सोमपाल कामी रहने सम्भाबना रहेको छ । दशौँ नम्बरमा करण केसी एघारौं स्थानमा कप्तान सन्दीप लामिछाने रहँदा रहने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),पवन सरार्फ,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी, सन्दीप लामिछाने(कप्तान) र अर्जुन साउद