तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा दाहाल
सोमबार, भदौ १३, २०७९खेलपाटी संवाददाता
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी हिमालराज दाहालले पाएका छन् ।
यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।
दाहाललाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सोमबार पत्र हस्तान्तरण गरे । सोही अवसरमा विकलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो ।
तालिमको निर्देशकमा दाहाल









-1762997834781.jpeg&w=3840&q=75)






