काठमाडौं। क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) को नयाँ नेतृत्व चयनका लागि चुनावी साधारण सभा भदौ अन्तिम साता हुने भएको छ।
सीप्यानले शुक्रबार एक सूचना निकाल्दै तेस्रो वार्षिक साधारण सभा भदौ २५ गते हुने जानकारी गराएको छ ।
सीप्यानका महासचिव तथा पूर्व कप्तान पारस खड्काले यस साधारण सभा चुनावी साधारण सभा समेत भएको बताए।
'यो तेस्रो साधारण सभा हाम्रो नयाँ नेतृत्व चयनको लागि पनि रहेको छ,' खड्काले खेलपाटीसँग भने,, 'यस साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिती चयन गर्छ ।'
साधारण सभाको अघिल्लो दिन २४ गते एनसीसीएस कलेजको प्रायोजनमा सीप्यान क्रिकेट अवार्ड समेत हुदैछ।
आयोजकले यस वर्ष विभिन्न ५ विधामा अवार्ड वितरण गरिने जनाएको छ । यस वर्ष वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरि ५ विधामा पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्ड सहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिईएको छ।
