काठमाडौं । बंगलादेशले एसिया कप क्रिकेटका लागि टोलीको घोषणा गरेको छ ।
बंगलादेशले शकिब अल हसनको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।
यस अघि घोषण गरेको टोलीबाट विकेट किपर नुरुल हसन र तीव्र गतिका बलर हसन महमुद एसिया कप खेल्ने टोलीबाट बाहिरिएका छन् ।
टोलीमा ओपनर ब्याटर मोहमद नइम टोलीमा थपिएका छन् ।
एसिया कप अगस्ट २७ बाट सूरु हुदैछ । बंगलादेश समूह 'बी' मा रहेको छ ।
बंगलादेशको पहिलो खेल अगस्ट ३० मा अफगानस्तानविरुद्ध खेल्नेछ ।
यस समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ ।
समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।
