काठमाडौं । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविडलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
एसिया कप क्रिकेट नजिकिदै गर्दा द्रविडलाई कोभिड-१९ को संक्रमण देखिएको हो ।
कोभिड देखिएपछि उनी तत्काल एसिया कपका लागि युएई नजाने भएका छन् ।
एसिया कप अगस्ट २७ बाट युएईमा सुरु हुने छ ।
प्रतियोगितामा ६ टोली सहभागी हुदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
भारत समूह 'ए' मा रहेको छ ।समूह 'ए' मा साविक विजेता भारत सहित पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् ।
समूह 'बी' श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ ।
टी-ट्वान्टी फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।