काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमले आगामी डिसेम्बरमा टेस्ट सिरिजका लागि पाकिस्तानको भ्रमण गर्ने भएको हो ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले तीन टेस्ट सिरिजका लागि इंग्ल्यान्ड टोलीले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ ।
इंग्ल्यान्ड क्रिकेट बोर्डले पाकिस्तानसँगको टेस्ट सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ ।
पहिलो टेस्ट डिसेम्बर १ देखि ५ सम्म रावलपिन्डीमा हुनेछ ।
यस्तै डिसेम्बर ९ देखि १३ सम्म मुल्तानमा दोस्रो टेस्ट तथा अन्तिम टेस्ट १७ डिसेम्बर देखि २१ सम्म कराचीमा हुनेछ ।
त्यसअघि इंग्ल्यान्डको टी-ट्वान्टी टोलीले सेप्टेम्बर र अक्टोबरमा पाकिस्तानको भ्रमण गर्नेछ ।
पाकिस्तान भ्रमण दौरान इंग्ल्यान्डले घरेलु टोलीसँग ७ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी सेप्टेम्बर २० मा कराचीमा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी लाहोरमा अक्टोबर २ मा हुनेछ ।
इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गर्न लागेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।