काठमाडौं । अष्ट्रेलियाको एडिलेड नेप्लिज क्रिकेट एसोसियसनको अध्यक्षमा विजय जोशी निर्वाचित भएका छन् ।
एसोसियसनको साधारण सभाबाट जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
एसोसियसनको उपाध्यक्षमा दोल्कर गुरुङ, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा दीपेशराज पाडे,पब्लिक अफिसरमा दीपक क्षेत्री, सदस्यमा बिनीता सिंह, पारस जोशी, मधुकर पौडेल, दिप्सन खड्का र साबू पौडेल रहेका छन्।
त्यस्तै सल्लाहकारमा जिंग ली एमलसि र कटरीना वेब वाम रहेका छन् ।
अध्यक्ष चयन भएपछि जोशीले एडिलेड नेप्लिज क्रिकेट एसोसियसनलाई नयाँ उचाइमा पुर्याउने नयाँ कार्यसमितिको योजना रहेको बताए ।