बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा गर्नुपर्ने खेलकुदकर्मीको माग

सोमबार, ३० श्रावण २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय खेलकुद नवलपुरमा गर्नुपर्ने खेलकुदकर्मीको माग
Loading ad...
mustang rice ad

नवलपुर ।  आसन्न नवौं राष्ट्रिय खेलकुद नवलपुरमा सञ्चालन गर्नुपर्ने खेलकुदकर्मीले माग गरेका छन् ।

सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो माग गरेका हुन् ।

कार्यक्रममा नवलपुर नगरपालिकाकी उपप्रमुख फुलकुमारी थनेतले नवलपुरमा खेलकुदका पूर्वाधारहरु पर्याप्त रहेको भन्दै नवलपुर नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । करिव ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगिता आफ्नो नगरपालिकामा सञ्चालन गर्न पाउनु गौरवको विषय भएको भन्दै उनले यसलाई सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा कुनै कसर बाँकी नराख्ने बताइन् ।

उनले भनिन् ‘समग्र जिल्ला मात्रै नभई देशकै गौरव बढाउने प्रतियोगिता सञ्चालन हुनु राम्रो हो, यसमा हामीलाई आएको जिम्मेवारी सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी राख्दैनौं । त्यसका लागि छिमेकी पालिकासँग सहकार्य गरेर यसको जिम्मेवारी पुरा गर्नेछौं ।’

यस्तै कार्यक्रममा कावासोती वडा नम्वर १२ वडाध्यक्ष समेत रहेका पूर्व खेलकुद विकास समिति नवलपुरका सचिव ध्रुव खनाल ‘दिपेश’ले नवलपुरमा नवौं खेलका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरु रहेका हुनाले आफूहरु प्रतियोगिता सञ्चालन गर्न उत्साहीत रहेको बताए ।

No description available.

यस्तै कार्यक्रममा जिल्ला क्रिकेट संघ नवलपुर पूर्व अध्यक्ष प्रकाश पौडेलले आफ्नो जिल्लामा क्रिकेटका पूर्वाधारहरु प्रशस्त रहेको भन्दै यसपटक क्रिकेट खेल सञ्चालनको जिम्मेवारी आफूहरुले पाउनुपर्ने दावी गरे ।

यस्तै जिल्ला फुटबल संघ नवलपुरका उपाध्यक्ष मेघराज पाण्डेले जिल्लामा राष्ट्रिय स्तरकै महिला खेल आफूहरुले यसअघि सम्पन्न गरिसकेको हुनाले आफूहरु पुरुष महिला दुबै खेल सञ्चालन गर्न सक्षम रहेको बताए ।

कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाहरुको सहजीकरण राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा खेलस्थल व्यवस्थापन उपसमितिका संयोेजक राजेश कुमार गुरुङले गरेका थिए । उनले नवौं खेलकुद सञ्चालनका लागि नवलपुरले देखाएको सक्रियताले आफूलाई खुशी लागेको बताए । उनले भने, ‘यहाँहरुले ३९ वर्षपछि प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि देखाउनुभएको तत्परताप्रति आभार व्यक्त गर्न चाहान्छु । उनले जिल्लामा धेरैभन्दा धेरै खेल आयोजनाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।’

No description available.

समितिका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्व खेलकुद विकास समितिका सचिव ध्रुव खनाल दिपेश र सञ्चालन मेधनीलाल पाण्डेले गरेका थिए ।

खेलस्थल व्यवस्थापन उपसमितिले जिल्लास्थित कर्भडहल र कावासोती ३ स्थित  नमुना सदरमुकामको  हाताभित्र रहेको खेलकुद विकास समितिको १५ विगा जग्गाको अवलोकन गरेको छ ।

आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमले ३६ खेलका ४०७ पदकालागि प्रतिस्पर्धा गर्नेछन् ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकुद नवलपुरमा गर्नुपर्ने खेलकुदकर्मीको माग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

रियलसँग फेरि बार्सिलोनाको ९ अंकको अग्रता

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित