पोखरा । पोखरामा पहिलो संस्करणको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।
पहिलो संस्करणको प्रतियोगिता भदौ १२ देखि १९ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगिता डेभिज स्कुनर क्लबमा आयोजना हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
गण्डकी प्रदेशको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धर्नमा सहयोग पुर्याउने आयोजकले बताएको छ ।
यस प्रतियोगिताका विजेताले ट्रफी, शिल्ड र नगद १ लाख ५१ हजार १ सय ११ र दोस्रो हुनेले ट्रफी, शिल्ड र नगद ७१ हजार १ सय ११ पाउनेछन् ।
सेमिफाईनल पुग्ने दुई जनाले ट्रफी, शिल्ड र नगद रु. १५ हजार १ सय ११ तथा हाईयस्ट ब्रेकरले ट्रफी, शिल्ड र नगद रु. २१ हजार १ सय ११ पाउनेछन् ।
प्रतियोगिता दौरान कास्की जिल्ला तथा विभिन्न क्षेत्रमा रहि स्कुनर खेललाई स्थापित गराउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिने छ ।