काठमाडौं । विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटर र्याली 'पावर टु पावर स्टेरिङ' नेपालमा आयोजना हुने भएको छ ।
नेपाल अटोमोबाइल्स एसोसियनले महिला मोटर र्याली अक्टोबर १५ मा आयोजना हुने जनाएको छ ।
मोटर र्याली काठमाडौंबाट सुरु भएर धुलिखेल पुगेर समापन हुनेछ ।
विगत १५ वर्ष देखि मोटर स्पोर्ट्स र ड्राइभ टुरिजमका पारखीहरुलाई नयाँ–नयाँ स्वाद पस्कीरहेको यस र्यालीमा नेपाली मात्र नभै विदेशी र महिला ड्राइभरहरुलाई समेत आकर्षित गर्ने गरि आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
र्यालीमा सहभागीले दुरी पार गर्न ४ वटा चेक पोइन्ट पार गर्नेछन् । जुन अत्यन्तै रोमान्चक हुनेछ ।
समय, दुरी र गति सिष्टममा आयोजना गरिने र्यालीका सहभागीले हिमालयन मोटरल्याण्डमा रोमान्चक मोटर स्पोर्ट्सको अवसर समेत प्राप्त गर्ने बताईएको छ ।
पावर स्टेरिङमा महिला हुँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा बढीमा ५० वटा टिम समावेश गरिनेछ ।