काठमाडौं । विश्व तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भुमिका निर्वाह गरेका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्वदेश फर्किएका छन् ।
बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक मंगलबार स्वदेश फर्किएका हुन् ।
प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म संचालन भएको थियो ।
यस्तै साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल भएको थियो । दुवै विधागरि अशोकले कुल ३३ खेलमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
जुन प्रतियोगितामा एक सय भन्दा बढी राष्ट्रका चार हजार खेलाडीकाले भाग लिएका थिए ।
यस्तै प्रतियोगितालाई लक्षित गरी साउन १० र ११ गतेसम्म रेफ्री रिफ्रेसर कोर्स पनि अशोक सहभागी थिए ।
बैशाख यता अशोकले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको यो पाँचौं पटक हो ।
यसअघि उनले दक्षिण कोरिया, अस्ट्रिया, स्विडेन र बेल्जियममा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।