काठमाडौं । केन्यासँगको टी-ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि नेपालको टिम घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।
क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् ।
यस्तै नियमित रहदै आएका विकेटकिपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल टिमबाट बाहिरिएका छन् ।
युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टोलीमा परेका छन् ।
नेपालले यहिँ अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ ।
नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।
नेपाली टोली -
सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख,दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम,करण केसी,ज्ञानेन्द्र मल्ल, सोमपाल कामी,बसिर अहमेद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम,किशोर महतो,विवेक यादव
वैकल्पिक खेलाडी - जितेन्द्र मुखिया, भिम सार्की, प्रतिष जिसी,हरिशंकर शाह
