काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी-ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्यासँग नेपालले टी-ट्वान्टी र एकदिवसीय अन्तराष्ट्रिय सिरिज जनाएको छ ।
नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी र ३ खेलको एकदिवसीय सिरिज खेल्ने क्यानले जनाएको छ । दुबै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ ।
सिरिजका लागि नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ ।
क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ ।
नेपालले सुरुआतमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।
पहिलो टी-ट्वान्टी अगस्ट २५ मा हुनेछ । यस्तै अन्तिम टी-ट्वान्टी अगस्ट ३० मा हुनेछ ।
पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।
सिरिजको खेल तालिका -
