काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि ४ नयाँ एजेन्डा थप गरिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साउन २६ गते बस्ने कार्यसमितिको बैठकमा यसअघि तय एजेन्डामा ४ एजेन्डा थप गरिएको हो ।
एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो ।
थप गरिएको एजेन्डा पुरस्कार राशि, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धि एजेन्डा थप्न गरिएको हो ।
एन्फाको कार्यसमिति बैठकका लागि यस अघि नै १८ एजेन्डा तय भईसकेको छ ।
कार्यसमिति बैठक सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान १० बजेबाट सुरु हुनेछ ।
यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
यस अघिको एजेन्डा -