काठमाडौं । नासा नेपाल बाग्मति प्रदेश संघको आयोजनामा सेफ राइडिङ ओरिन्टेशन कार्यक्रम चितवन उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको छ ।
फेडेरेसेन इन्टरनेशनल डे अटोमोबाइल (एफआईए) को सहयोग तथा नासा नेपालको केन्द्रीय समितिको संयोजनमा हाल देशब्यापी रुपमा संचालित अभियान अन्तरगत चितवनमा समेत आयोजना गरिएको हो ।
अटोमोबाइल्स, यातायात, इन्जिनियरिङ, सामाजिक तथा यूवा विद्यार्थीबीचमा संचालित सो कार्यक्रममा एफआईए विश्व काउन्सिल सदस्य गोविन्द भट्टराईले सेफर मोबिलिटीको लागी सेफ राइडिङ सम्बन्धि प्रस्तुती दिएका थिए ।
नासा वाग्मति प्रदेश सघंका अध्यक्ष राजन पियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा रोटरी क्लब अफ चितवन तथा चितवन अटोमोबाइल्स एसोसिएसनको समेत सकृय सहकार्य रहेको थियो ।
चितवनको लागी सेफर मोबिलिटीमा थुप्रै कार्य गर्नुपर्ने हुदा सो को शुरुवात भरतपुर महानगरपालिकाबाट गर्ने जसको लागी भरतपुर रोड सेफ्टी अडिटको प्रस्ताव महानगरमा पेश गर्ने निर्णय समेत गरिएको नासा नेपालले जनाएको छ ।
कार्यक्रममा डब्लुएओ र एफआईएद्वारा सिफारिस गरिएको हेल्मेटको आवश्यकता र पिलियन राइडर्सलाई हेल्मेटको महत्वबारे छलफल गरिएको थियो ।
सडक सुरक्षाको पाँच पिल्लर मध्ये चौथो पिल्लरको क्षेत्रमा चितवनका नागरीक र पेशागत संगठनलाइ परिचालन र संयोजन गर्ने समेत निर्णय गरिएको थियो ।
नेपालको केन्द्रभागमा रहेको चितवन सडक सुरक्षाको क्षेत्रमा अत्यन्तै संवेदनशिल जिल्ला हो ।