काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् ।
प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् ।
उनले रणजी ट्रफी टिम दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।

५९ वर्षीय प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए ।
'नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर । म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो बनाउनका लागि काम गर्न चाहन्छु,' क्यानसँगको सम्झौतापछि उनले भनेका छन् ।
मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।
यो पढ्नुस ...
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती