काठमाडौं । नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ संचालन सम्बन्धि सम्झौता भएको छ।
संघद्वारा संचालित लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा अब २०७९ साल भदौ १५ गतेदेखि ६ महिने विशेष ब्यवसायिक रिङ रेस्लिङ तालिम जापानिज प्रशिक्षकद्वारा दिइनेछ ।
ब्यवसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरुले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने संघले जनाएको छ ।
यस विशेष तालिम जम्मा ५० जनालाई निशुल्क प्रदान गरिने समेत संघले जनाएको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली रिङ रेस्लिङहरुको सहभागिता बढाउने उद्देश्यले तालिम संचालन गरिनेछ ।
तालिममा रिङ रेस्लिङसँगै खेल मनोविज्ञान,आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ ।
छनौट भएका रेस्लरहरुलाई विभिन्न अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागि गराउने संघले जनाएको छ ।