काठमाडौं । घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ ।
हरारेमा आइतबार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो ।
पाहुना टोलीले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बावेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय इनिङ खेले । राजाले अविजित रहदै १ सय १७ रन जोड्दा कप्तान रेगिसले १०२ रन बनाए । टोनी मुयोङ्गाले अविजित रहदै ३० रन बनाए ।

बंगलादेशका हसन मुहमदले तथा मेहेदी हसनले समान २/२ तथा तैजुल ईस्लामले १ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो ।
उसका लागि तमिम ईकवाल र महमुदउल्लाहले अर्धशतकीय इनिङ खेले । महमुदउल्लाहले अविजित रहदै ८० तथा कप्तान ईकवालले ५० रन बनाए ।
आफिफ हुसेनले ४१ तथा नजमुल हुसेन सान्तोले ३८ रन बनाए । मुस्फिकुर रहिमले २५ तथा अनामुल हकले २० रन बनाए ।
जिम्बाबेका लागि सिकन्दर राजाले ३ तथा वेस्लि माधिबेरीले २ विकेट लिए ।
दुई टोलीबीचको तेस्रो एकदिवसीय बुधबार हुनेछ ।